२0७५ मङ्सिर ५ बुधबार
  • :
  • :

सिद्दिचरण नगरपालिकामा भ्यु टावर निर्माण हुँदै

Source: ratopati.com


रामहरि श्रेष्ठ,ओखलढुंगा– सिद्धिचरण नगरपालिका ८ स्थित लगलगेमा निमार्णधीन भ्यु टावरको ३५ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ ।  समुन्द्री सतहबाट करिब २ हजार २ सय मिटरभन्दा अग्लो स्थानमा रहेको भ्यू टावरको २०७४ असारमा शिलान्यास भई काम सुरु भएको हो ।भ्यु टावरका लागि नगरपालिका र शाक्य निर्माण सेवाबीच लगभग २३ लाखको लागतमा निमार्ण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।  हाल टावरको पिल्लर उठाउने काम भैरहेको इन्जिनियर दिव्य श्रेष्ठले बताए । सत्र महिनामा सक्नेगरी निमार्णको सम्झौंता भएको छ ।


Leave a Comment


Nepali FM/Radio

View All